शनिबार, १५ वैशाख २०८१

बाम गठबन्धनबाट बाबुराम भट्टराई बाहिरिनुको मुख्य कारण यस्तो पो रहेछ

समयपोष्ट २०७४ कार्तिक १४ गते ५:४७

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आफु  बाम गठबन्धनबाट बाहिरनुको तथ्य खोलेका छन् । प्रेस सोसाइटी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको तर, दुई पार्टीले नमानेपछि आफू गठबन्धनबाटै बाहिरिएको दाबी गरेका छन् । उनले गोरखा २ वा नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको आरोप गलत भएको समेत दाबी गरे । 

Advertisement

भेटघाट कार्यक्रममा उनले एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्र वैकल्पिक शक्ति बन्न नसक्ने दाबी गरे  ।  उनले स्टालिनकालीन कम्युनिष्टको अब औचित्य नरहेको बताए । डा.भट्टराईले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग स्थायी गठबन्धन नबनाएको स्पष्ट पारे । आवश्यक्ता अनुसार लोकतान्त्रिक वा वाम गठबन्धनसँग गठबन्धन बनाउन सकिने तर, त्यो परिस्थिति अनुसार हुने उनको भनाइ थियो । 

आफू संयोजक रहेको नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताउँदै उनले दुबैलाई समदुरीमा राखेर अगाडि बढ्ने बताए । लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रुपमा लिन नहुने जिकिर गर्दै उनले भने, ‘नयाँ शक्ति वाम पार्टी पनि हैन, पूर्ण लोकतान्त्रिक पार्टी पनि हैन ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री