शुक्रबार, १६ चैत २०८०

साताको पहिलो दिन नेप्से साढे १३ अंकले घट्यो, सबै उपसमूह राताम्मे

समयपोष्ट २०७४ कार्तिक १२ गते १२:०६

यस साताको पहिलो दिन आइतबारको सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारमा आएका सबै समूहका सूचक ओरालो लागेपछि नेप्से सूचक १३.४९ अंकले घटेर १५४०.२३ को बिन्दुमा झरेर बन्द भएको हो । 

Advertisement

आईतबार १ सय ५८ कम्पनीका १३ लाख ८१ हजार २ सय ४८ कित्ता शेयर ५० करोड १४ लाख २६ हजार रुपैयाँ बराबरमा किनबेच भए । सबैभन्दा धेरै बीमा समूह ५८ अंकले घटेको छ । वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत र उत्पादन समूहका सूचक पनि दोहोरो अंकले घटेका छन् ।

यसदिन नेपाल बंगलादेश बैंकको सबै भन्दा धेरै ४ करोड २० लाखको कारोबार भएको छ । बैंकको लाभांस सुरक्षित गर्ने अन्तिम दिन परेकाले पनि कारोबार उच्च भएको हो । यसपछि गुराँस लाइफ इन्स्योरेन्स संस्थापक शेयर, शिखर इन्स्योरेन्स संस्थापक शेयर, नेपाल टेलिकम तथा राष्ट्रिय बीमा कम्पनी संस्थापक लगायतको कारोबार उच्च भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री