शुक्रबार, १६ चैत २०८०

‘राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता’

समयपोष्ट २०७४ कार्तिक १० गते १२:३१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताएका छन् । 

Advertisement

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरताले देशले विकासको गति लिन नसकेकाले राजनीतिक स्थिरता र लोकतन्त्रलाई मजबूत बनाउनु आवश्यक भएकामा जोड दिए। 

उनले दलहरू एकापसमा शत्रुता र निषेधात्मक नबनी विकास र समृद्धिका लागि सबै एक जुट बन्नुपर्ने बताए । अध्यक्ष दाहालले समृद्धिका लागि सात वटै प्रदेशमा विकासका भिन्न भिन्न नमूनासहित अघि बढ्न सकिने बताए । 

सो अवसरमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कुनै पनि हालतमा प्रदेश र संघको निर्वाचन नरोकिने बताउँदै देशले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनानुसारको ‘नयाँ मुलुकी ऐन’ पाएको जानकारी दिए । 

नेकपा एमालेका नेता खगराज अधिकारीले उपभोक्ता संस्थाले आफूलाई नमुना संस्थाका रुपमा स्थापित गरेको बताए । संस्थाका अध्यक्ष बोधराज लामिछानेले लेखनाथ क्षेत्रमा १० हजारभन्दा बढी खानेपानीका धारा वितरण गरिएको र आगामी दिनमा अझै यसलाई व्यवस्थित गर्दै लाने सोच राखिएको बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री