शुक्रबार, ७ वैशाख २०८१

रिलायन्स कलेजमा अध्ययनरत १९ बर्षिय स्वाती श्रेष्ठ बनिन् मिस टिन कलेज

समयपोष्ट २०७४ कार्तिक १० गते ३:४४

 ‘मिस टिन कलेज २०१७’ को ताज रिलायन्स कलेज विविस तेस्रो वर्षमा अध्ययनरत १९ बर्षिय स्वाती श्रेष्ठले जितेकी छन् । 
राजधानीमा विहिबार साँझ आयोजित  अन्तिम प्रतिश्पर्धामा उनले विधागततर्फको ‘मिस मल्टीमिडियाको अवार्ड पनि आफ्नो पोल्टामा पारिन्, भने उपहार स्वरुप टिभिएस जुपीटर स्कुटर पनि जितिन ।

Advertisement

 प्रतियोगितामा लुना प्रधान फष्ट रनरअप र विधागततर्फ अर्गनाइजर च्वाइस हात पारीन भने दिक्षा थापा सेकेण्ड रनरअप साथै मिस पर्सनालीटी अवार्ड पनि जितिन, अनिता खड्का थर्ड रनरअप र सृर्पा महर्जन फोर्थ रनरअप भए संगै वेष्ट ईस्टाइलीस अवार्ड पनि हात पारिन् ।  

विधागततर्फ रोइसा श्रेष्ठ ‘मिस ट्यालेन्ट’ बनिन ।  रुपीना तामाङ ‘मिस पपुलर’, सोनी श्रेष्ठ मिस क्रिएटिभ पोल्टामा पार्दा सुस्मा कार्की मिस फेन्डसिप, प्रकृति जिमा मिस फोटोजेनिक, सुचीता अधिकारी मिस हेल्दी स्माइल, अस्मीता भण्डारी मिस डिसिप्लिन, रेसु श्रेष्ठ भ्युअर्स च्वाइस, प्रविना मर्हजन बेष्ट हेयर घोषित भए ।

प्रतियोगिताको निर्णायकमा  हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल प्रहरी स्कुल साँगा काभ्रेका प्रिन्सिपल नवीनमान श्रेष्ठ, कंगारु एजुकेशनका प्रवन्ध निर्देशक महेश वावु तिमलसिना, पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगर, मिस एयर होस्टेज २०१० विजेता काजल खड्का, फिल्म निर्देशक जनकदीप पराजुली, वेष्ट क्राफ्ट डिजाइनर हरि सेन्चुरी रहेका थिए ।

प्रतियोगितामा  विजेताले ‘ मिस टिन कलेज ’ को ताज र उपाधि सहित टिभिएस जुपीटर स्कुटर र प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि छात्रावृत्ति पाउनेछन् ।  ।नेपाल एयर होस्टेज एकेडेमीमा एयर होस्टेज तालिमको लागि ३५ हजार वरावरको छात्रावृति प्राप्त हुनेछ ।

swati

त्यस्तै, फस्ट रनर अपले लाभा मिनि स्माट फोन र सेकेण्ड रनर अपले भने एमआई स्मार्ट मोवाइल फोन, नेपाल एयर होस्टेज तालिम केन्द्रमा ३५ हजार वरावरको एयरहोस्टेज पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री