बिहीबार, १५ चैत २०८०

नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष

समयपोष्ट २०७४ कार्तिक १० गते ३:११

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे ।

Advertisement

एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको समय रहेको बताएका हुन् ।

तिहारका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले ‘नेतृत्व लिन तयार रहेको’ भनी अभिव्यक्ति दिएका थिए ।

‘ज-जसलाई नेतृत्व लिन मन छ । १६ गते समय छ । मनोनयन गरे भै गो नि !,’ ओलीले भने । 

भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका थिए । 

‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, पूर्वराजा ज्ञानेन्द्रले भने, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’ अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित सामाग्री