शनिबार, ८ वैशाख २०८१

सर्वोच्चको आदेशले प्रचण्डलाई चिसो पस्यो, ओलीलाई झस्कायो

समयपोष्ट २०७४ कार्तिक ९ गते १२:२०

वाम गठबन्धनका नेताहरुले मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको बुधबारको आदेशले चुनाव नहुने शंका बढाएको बताएका छन् ।

Advertisement

बिहीबार काठमाडौंमा वाम गठबन्धनद्धारा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  सर्वोच्चको आदेशले  आफूहरुलाई झस्काएको बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका लागि छापिएको मतपत्रबारे सर्वोच्च अदालतको आदेशले आफूहरुलाई चिसो पसेको बताए । सर्वसहमतिमा नै निर्वाचन आयोगलाई यसरी नै मतपत्र छाप्न आग्रह गरेको भन्दै उनले प्रत्यक्ष र समानुपातिकको मतपत्र दुई वटा नै भएको तर्क गरे ।  

मतपत्रको विवाद समाधानका लागि विशेषज्ञसहितको कार्यदल बनाइएको र कार्यदलको सिफारिस अनुसार नै आयोगले अर्को मतपत्र सम्भव नभएको निर्णय गरेको पनि प्रचण्डले बताए । ‘तर फेरि त्यही विषयलाई लिएर अदातले कारण देखाउ आदेश दिएपछि हामीलाई चिसो पस्यो’, प्रचण्डले भने, ‘यस्तो नहोस् । तोकिएको समयमै निर्वाचन हुनुपर्यो भनेर नै पत्रकार सम्मेलन गरिएको हो ।’ 

यस्तै एमाले अध्यक्ष ओलीले चुनाव नसर्ने र सार्न नमिल्ने बताए । राजनीतिक दल र निर्वाचन आयोगले संयुक्तरुपमा मतपत्र तय गरेको भन्दै उनले भने, ‘अब ससाना कुरामा अल्भिmने समय छैन ।’

मतपत्रबारे एउटा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्योलग्रस्त कुरा गरेको तर, पछि बुझेँ भनेको सुनाउँदै उनले भने, ‘निवेदक सत्तारुढ पार्टीकै सहमहामन्त्री नै हुनु र अदालतको मानहानी भएको निवेदनमा मानहानी भयो भएन नसोधेर मागेको भन्दा बढ्दा कुराले अलिकति झस्कएको छ ।’

ओलीले लोकतान्त्रिक प्रणाली चुनाव भएको भन्दै उनले यसलाई विथाल्न खोजे स्वीकार्य नहुने बताए । ‘यो लोकतन्त्र कसैले हामीलाई किस्तामा राखेर दिएको उपहार होइन’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री