बिहीबार, १३ वैशाख २०८१

कुमारी र मेगा बैंकले सार्वजनिक गरे नयाँ व्याजदर,कसको कति ?

समयपोष्ट २०७४ कार्तिक ७ गते ७:०४

कुमारी बैंक र मेगा बैंकले असोज महिनाको आधार व्याजदरका आधारमा नयाँ व्याजदर सार्वजनिक गरेका छन् । दुवै वाणिज्य बैंकले आधार व्याजदरमा प्रिमियम थप गरी नयाँ व्याजदर कार्यान्वायनमा ल्याएका हुन् । दुवै बैंकको आधार व्याजदर १० प्रतिशतभन्दा माथि छ । 

Advertisement

कुमारी बैंकले जारी गरेको सूचनामा आधार व्याजदरमा ६ देखि ८ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने जनाईएको छ । बैंकको असोज मसान्तको आधार व्याजदर ११.१५ प्रतिशत रहेको छ ।

 बैंकले बचततर्फ भने साधारण बचतमा अधिकतम ७ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ । मुद्धती बचतमा भने  ६ देखि १० प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ ।

त्यस्तै  मेगा बैंकले पनि आधार व्याजदरमा शुन्यदेखि १० प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने भएको छ । बैंकको असोज मसान्तको आधार व्याजदर १०.७२ प्रतिशत रहेको छ ।

बैंकले अधिकांस शिर्षकका कर्जाहरुमा ५ देखि ७ प्रतिशतसम्म प्रिमियम थप गर्ने सूचनामा उल्लेख छ । अन्य कर्जा तथा लघुवित्त कर्जामा बैंकले आधार व्याजदरमा शुन्यदेखि १० प्रतिशतसम्म प्रिमियिम थप गर्ने जनाएको छ ।

बचततर्फ मेगाले अधिकतम ९ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ । साधारण बचततर्फका सबै योजनाहरुमा बैंकले ६ .५ प्रतिशत प्रतिशतको व्याजदर निर्धारण गरेको छ । मुद्धती बचतमा भने समयावधि, योजना तथा बचतको रकमका आधारमा ५ देखि ९ प्रतिशतसम्म व्याज दिने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री