शुक्रबार, ७ वैशाख २०८१

अरुण फाइनान्सको ३ लाख ६ हजार कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७४ कार्तिक ७ गते ५:३४

अरुण फाइनान्सले हकप्रदमा नविकेको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले  हकप्रदमा नविकेको ३ लाख ६ हजार कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।कम्पनीले संस्थापक समुह तर्फ एक लाख ८० हजार र सर्बसाधारण समुह तर्फ एक लाख २५ हजार कित्ता शेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो । 

Advertisement

लिलाम बोलपत्र खरिदको लागि न्युनतम मुल्य एक सय रुपैयाँ तोकिएको छ भने न्युनतम आवेदन एक सय कित्ता हुने पर्नेछ । आवेदकले कात्तिक १४ देखि २२ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ । 

आवेदन परेको बोलपत्रको कार्तिक २४ गते बिक्री प्रबन्धक ग्लोबल आइमर्इ क्यापिटल जमलमा अपरान्ह २:३० बजे खोलिने जनाइएको छ । 

कम्पनीले गत भदौ ६ गते देखि असोज ९ गते सम्म १५ लाख कित्ता हकप्रद बिक्री खुल्ला गरेको थियो । ,

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री