शुक्रबार, १४ वैशाख २०८१

तालमेलले महरा अन्योलमा: किन अटाएनन् रोल्पामा ?

समयपोष्ट २०७४ कार्तिक ७ गते ३:२९

संविधानसभाको पहिलो निर्वाचनमा दाण् क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् ।

Advertisement

रोल्पालाई आफ्नो सुरक्षित थलोको रुपमा बुझेका उनी दोस्रो संविधानसभा मा रोल्पा १ बाट जिते ।

पहिलो निर्वाचनमा दाङमा विजयी महराको रोल्पा यात्रा लाई त्यो बेला उनी दाङमा निकै असुरक्षित गरेर पाखा लागेको भन्ने विश्लेषण गरिएको थियो ।

यसको कारण निर्वाचन जितेपछि उनी मतदातासँग निकट रहन नसकेको भनेर चर्चा गरिएको थियो ।

प्रतिनिधि सभा निर्वाचनका लागि महरा यसपालि रोल्पामा अटाउन सकेनन् ।

नेता बर्षमान पुन यसपटक रोल्पा भित्रिने कसरतमा लागेपछि महराका लागि एउटै निर्वाचन क्षेत्र रहेको रोल्पामा स्पेस नरहेको चर्चासमेत भएको छ ।

यद्यपि माअ‍ेवादीले यसलाई भने महराकै सुझावको आधारमा बर्षमान रोल्पामा उम्मेदवार बनेको दाबी गर्दै आएको छ । नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री