शुक्रबार, १४ वैशाख २०८१

नाकाबन्दी अन्त्य गर्न कतारी राजाको आह्वान, खाडी संकट समाधानका लागि वार्ता गर्न तयार

समयपोष्ट २०७४ कार्तिक २ गते ७:४६

कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गरेका छन्। इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उनले पत्रकारहरूसँग यस्तो बताएकझ कतार न्युज एजेन्सीले जनाएको छ । 

Advertisement

समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ की यो समस्या बल्झाएर कसैले जित्ने होइन, उनले भने। कतारी राजा अल थानीले भने 'हामीहरू सबै जना दाजुभाइ हौँ, तर पनि हामी यस्तो संकटबाट गुज्रिरहेका छौं।'

कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो। उनीहरूले पनि खाडी संकट समाधानका लागि आग्रह गरेका थिए।  गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन्।  कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ। रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री