बुधबार, १२ वैशाख २०८१

८८ किलो सुन तस्करीः समानुपातिक सिफारिसमा परेका कांग्रेस नेता यसरी समातिए

समयपोष्ट २०७४ असोज ३१ गते २:३४

ठमेलमा फेला परेका तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मनबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन् । 

Advertisement

नेपाल – चीन केरुङ व्यापार संघको अध्यक्ष रहेका तामाङ महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन फेला पारेपछि अर्धभुमिगत बनेका थिए । 

रसुवाको प्रादेशिक क्षेत्र नम्बर २ बाट कांग्रेसको समानुपातिक कोटामा पर्न काठमाडौं आएका उनी पार्टीले निर्वाचन आयोगमा उम्मेदवारको सुची बुझाएको भोलिपल्ट सोमबार पक्राउ परेका हुन् । 

महासाखाले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन भदौ १९ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो ।  बा १७ च ६४२७ नम्बरको गाडीसहित महाशाखाले मनोज अधिकारीलाई पक्राउ गरेपछि तस्करीमा सक्रिय जालोबारे खुलेको थियो । नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री