बिहीबार, १३ वैशाख २०८१

बाख्रा, बोकाको शारीरिक विकासको लागि मकवानपुरमा बन्यो यस्तो स्विमिङपुल

समयपोष्ट २०७४ असोज २९ गते २:२४

मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरुले स्विमिङपुल (डिपिङ ट्याक) बनाउन थालेका छन् । जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् ।

Advertisement

पशुसेवा कार्यालय मकवानपुरले पुल निर्माणकबा लागि प्रत्येकलाई २० हजारको दरले चार लाख रुपैयाँ अनुदान सहयोग गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले बताए । मकवानपुरगढी ३ मक्रान्चुलीमा क्रियाशिल एउटा सहकारी संस्थाले पशुसेवाको सहयोगमा बाख्रा बोकाको लागि स्विमिङपुल निर्माण गरेको हो ।

उक्त स्विमिङपुलमा गाउँका बाख्रा, बोका, पाठापाटीलाई पौडी खेलाउने गरिन्छ ।ती चौपायाका शरस्रबाट जुम्रा, किर्ना र उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरिक विकासमा सहयोग गर्न फरक फरक औषधिमिश्रित पानी राखिएको स्विमिङपुलमा बाख्रा र बोकाहरुलाई चुर्लुम्म डुबाउने गरिउको छ ।  कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री