शुक्रबार, १६ चैत २०८०

एभरेष्ट बैंकको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

समयपोष्ट २०७४ असोज २७ गते ५:२४

एभरेष्ट बैंकले लिलामीमा राखेको सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले २ लाख ५३ हजार कित्ता सेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता सेयर बिक्री गर्न असोज २० गतेदेखि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । 

Advertisement

सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन । 

बोलपत्र आवेदन गर्न चाहनेले आज कार्यलय समयभित्र बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र असोज २९ गते १० बजे र्एनआईबिएल क्यापिटल मार्केटस् लाजिम्पाटमा बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितीमा खोलिने छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री