शुक्रबार, ७ वैशाख २०८१

एक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्न लेखा समितिको निर्देशन

समयपोष्ट २०७४ असोज २६ गते ८:००

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्ष भित्रै सम्पन्न गर्नेगरी काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ । 

Advertisement

समितिको विहिबार बसेको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै तोकिएको मितिमा सम्पन्न हुनेगरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो । 

सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सक्न निर्देशन दिनु परेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए । 
 समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ ।
समितिले निर्माणाधिन आयोजनाको जग्गाको मुआब्जा वितरणको काममा देखिएको समस्या समाधान हुनेगरी आवश्यक नीतिगत व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई पनि सचेत गराएको छ । बैठकमा आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एशिएशनले कामै नगरेको आयोजना प्रमुख ओम शर्माले समितिलाई जानकारी गराएका थिए । 
 भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल चालू आर्थिक वर्ष भित्रै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना निर्माणका लागि एशीयाली विकास बैंकले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री