शनिबार, १५ वैशाख २०८१

कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद सेयर निश्कासन,कात्तिक २९ सम्म आवेदन दिन सकिने

समयपोष्ट २०७४ असोज २६ गते ५:११

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गरेको छ । बैंकले १२० प्रतिशत अर्थात बैंकले १० बराबर १२ कित्ताको अनुपातमा २६ लाख ४३ हजार पाँच सय ३८ कित्ता हकप्रद निश्कासन गरेको हो । बैंकको हकप्रदमा कात्तिक २९ गतेसम्म आवेदन गर्न सकिन्छ । असोज १७ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

Advertisement

बैंकको हकप्रदमा एनआइबीएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने बैंकले जनाएको छ । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ । 

चुक्ता पुँजी २२ करोड दुई लाख ९४ हजार रुपैयाँ रहेको बैंकको हकप्रद पश्चात चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार सात सय ८० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री