शुक्रबार, १४ वैशाख २०८१

ओखलढुङ्गा र पाँचथरमा लक्ष्मी बैंकले खोल्यो शाखा कार्यालय

समयपोष्ट २०७४ असोज २५ गते १३:२२

लक्ष्मी  बैंकले ओखलढुङ्गा र पाँचथरमा दुई वटा शाखा कार्यालय स्थापना गरेको छ।बैंकले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका हुलाक डाँडा र पाँचथरको फिदिममा दुई वटा शाखा सञ्चालनमा ल्याएको हो।

Advertisement

संयुक्त राष्ट्रसंघ पूँजी विकास कोस र लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित "उन्नती-वित्तमा पहुँच" परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामिण समुदायमा वित्तिय पहँच पुर्‍याउने योजना अन्तर्गतनै यी दुई शाखा स्थापना गरिएका हुन्।

यो सँगै बैंकको शाखा संख्या ७१ पुगेको छ। तीन वटा हस्पिटल सेवा काउन्टर, ९२ वटा एटिम र २५ सय भन्दा बढी रेमिटेन्स एजेन्टहरु सञ्जालमा जोडिएको बैंकले जनाएको छ। शहरी क्षेत्रमा सबै भन्दा पहिले मोबाईल बैंकिङ, ईन्टरनेट बैंकिङ सेवा पनि दिदै आएको बैंकले अव गाउँगाउँमा यी सेवा पुर्‍याउने जनाएको छ। विशेष गरि साना व्यावसाय कर्जा र कृषि कर्जामा ध्यान केन्द्रित गरेको बैंकले ३९ जिल्लामा सेवा पुर्‍याईसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री