शुक्रबार, १४ वैशाख २०८१

चक्रवर्ती हवी नर्सिङ कलेजद्धारा सम्बन्धन खारेजको निर्णय सच्याउन माग

समयपोष्ट २०७४ असोज २४ गते १०:५३

मध्यपुरथिमिस्थित चक्रवर्ती हवी नर्सिङ कलेजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले गरेको कलेज सम्बन्धन खारेज गर्ने निर्णय सच्याउन माग गरेको छ । कलेजले विज्ञप्ति जारी गर्दै भर्ना भएर पठनपाठन शुरु भइसकेका अवस्थामा विद्यार्थीको भविष्य अन्योल हुनेगरी गरिएको उक्त निर्णय सच्चाउन माग गरेको हो । 

Advertisement

गत भदौ ३० गते उच्च अदालत पाटनका न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले कलेज नवीकरण गर्न र विद्यार्थीको पढाइलाई अवरोध नगर्न सिटिइभिटीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेश विपरीत कलेजलाई कुनै जानकारी नै नदिई  सिटिइभिटी बोर्ड बैठकले कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको कलेजको आरोप छ । 

कलेजले उक्त निर्णयले ३७ विद्यार्थीको भविष्य अन्योलमा पारेको र अदालतको मानहानि गरेको भन्दै आपत्ति समेत जनाएको छ । कलेजले गत भदौ २५ गते प्रमाणपत्र तह नर्सिङ विषयमा ३७ विद्यार्थी भर्ना लिएर पठनपाठन गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री