शुक्रबार, १६ चैत २०८०

नागरिक लगानी कोषको बोलपत्रबाट शेयर किन्ने आज अन्तिम दिन

समयपोष्ट २०७४ असोज २४ गते ४:३०

नेपाल बैंक लिमिटेडले आफ्नो स्वमित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर शिलबन्दी बोलपत्रबाट बिक्रीको लागि आज अन्तिम दिन रहेको छ।

Advertisement

बैंकले आफ्नो स्वामित्वमा रहेको दुर्इ लाख ११ हजार ५१५ कित्ता संस्थापक शेयर गत भदौ २७ गतेदेखि बोलपत्र आह्वान गरेको थियो।

बैंकले कोषको संस्थापक शेयर बोलकबोलको लागि न्यनतम मुल्य तीन हजार ५० रुपैयाँ तोकेको छ। बोलपत्र आह्वानको लागि न्युनतम १० हजार कित्ता र त्यसभन्दा माथि १० ले भाग जाने अंकमा रहेर प्रस्ताव गर्नु पर्ने बैंकको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री