बिहीबार, ६ वैशाख २०८१

अन्तत सिलवालको राजीनामा स्विकृत,प्रहरीकाे नेतृत्व गर्न नपाएका उनी राजनीतिमा जम्लान् ?

समयपोष्ट २०७४ असोज २३ गते ५:१९

नेपाल प्रहरीकाे नेतृत्व गर्न नपाएपछि नवराज सिलवालले डीआईजी पदबाट दिएको राजीनामा स्विकृत भएको छ । गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारको मिति राखेर सिलवालको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ । करिव एक महिनादेखि उनको राजीनामा स्वीकृत भएको थिएन । 

Advertisement

नेपाल प्रहरीको नेतृत्व सम्हाल्न प्रतिस्पर्धामा रहेका सिलवाल भन्दा वरियताक्रममा पछि रहेका जयबहादुर चन्दलार्इ देउवा सरकारले महानिरीक्षक बनाएपछि सिलवाल सर्वोच्च पुगेका थिए । आइजीपी नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै सिलवालले दायर गरेको रिट सर्वोच्चले खारेज गरेपछि उनले राजीनामा दिएका थिए । 

राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए । सिलवाललाई प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री