बिहीबार, १५ चैत २०८०

सीटीईभीटीमा शिक्षामन्त्रीको ‘चलखेल’

समयपोष्ट २०७४ असोज २२ गते ३:२५

गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे ।

Advertisement

केही दिनयता मन्त्रीको ध्यान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा परेको छ । सम्बन्धन प्रक्रिया अघि बढाउनुअघि सीटीइभीटीको स्तर निर्धारण महाशाखामा पुराना कर्मचारीको सेटै परिवर्तन गरे । 

सीटीईभीटीले ०६९ अघि आवेदन दिएका कार्यक्रमलाई मात्रै सम्बन्धन दिने प्रस्ताव गरे पनि मन्त्री श्रेष्ठ त्यसयता आवेदन दिएका संस्थालाई पनि सम्बन्धन दिन लागिपरेका छन् ।

त्यस्तै केही समयअघि अख्तियारले कारबाही गर्न सिफारिस गरेको ओम समाजलगायतका नर्सिङ कलेजको सिट थप गर्न खोजिएको छ । एलओआई नै नलिएका संस्थाको कार्यक्रमसमेत स्वीकृत दिने तयारीसमेत सीटीईभीटीले गरिरहेको छ ।

सीटीईभीटीअन्तर्गतको कलेजमा पढाइ सुरु भएको महिनौं भइसक्यो । तर, मन्त्री अध्यक्ष हुने बैठकबाट जसरी पनि यही शैक्षिक सत्रदेखि नै लागू हुने गरी सम्बन्धन दिलाउन खोजिएको छ । ‘किन मरिहत्ते गरेर लागिपरेको हो बुझ्न सकेका छैनौं,’ सीटीईभीटीका एक कर्मचारीले भने, ‘कक्षा नै सुरु भइसकेकाले यसपालि दिनै नमिल्नुपर्ने हो । अर्को वर्षलाई सम्बन्धन दिने हैसियत उहाँलाई छैन । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री