बुधबार, १२ वैशाख २०८१

दसैंमा १० हजारलाई कारबाही: मापसेमा भेटिए १२ सयभन्दा बढी

समयपोष्ट २०७४ असोज २० गते ३:१७

उपत्यकामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरु पक्राउ परेका हुन् । 

Advertisement

ट्राफिक प्रहरी महाशाखाका अनुसार,
-मापसे गरी सवारी चलाउने  एक हजार दुई सय ५६ जना
-लेन मिच्ने एक सय ९६
-लामो दूरीका लागि धेरै भाडा असुल्ने ५३ जना
-टिकटको बिचौलिया गर्ने ३४ जना
-ट्याक्सीमा मनोमानी भाडा असुल्ने ८८ जना
-रुट इजाजत नलिइ सवारी चलाउने २१ जना
-सिटबेल्ट नबाँधी सवारी चलाउने ४८ जना र
-ढोका खुल्लै राखेर सवारी चलाउने २६ जना कारबाहीमा परेका हुन् ।

यस अवधिमा चार जनाको ज्यान गएको छ । गत बर्षको दसैंका बेला भने १० जनाको ज्यान गएको थियो ।

नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री