सोमबार, १७ वैशाख २०८१

सिस्नोपानीबाट शैलेन्द्र आउट

समयपोष्ट २०७६ कार्तिक ७ गते १४:३८

Advertisement

यसपालिको सिस्नोपानी व्यङ्ग्यात्मक देउसीभैलो कार्यक्रममा कलाकार शैलेन्द्र सिम्खडा नदेखिने भएका छन् ।

सिस्नोपानी टीमले सुरुमा सिम्खडालाई प्रस्तुतिका लागि तयारी गर्न भनेपनि हाल आएर उनलाई टीममा नलिने जानकारी गराएको छ ।

टीमबाट हटेसँगै सिम्खडाले सिस्नोपानी नेपाल नेताहरुको भजनमण्डली भएको टिप्पणी गरेका छन् ।

‘सिस्नोपानी नेपाल जस्तो एक राम्रो संस्था भजनमण्डली बनेकोमा मलाई सारै दुःख लागेकोे छ,’ टीमबाट हटाइएपछि सिम्खडाले भने ‘मेरो व्यङ्ग्यले नेताहरुको चाकडीमा उहाँहरुलाई बाधा पर्ने देखेर म अलग हुने निर्णयमा पुगेको हुँ ।’

सिस्नोपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा प्रज्ञा प्रतिष्ठानमा व्यङ्ग्यात्मक देउसीभैलो कार्यक्रममा आयोजना गर्दै आएको छ । कार्यक्रममा सिम्खडाले राजनीतिक नेतृत्वप्रति तिखो व्यङ्ग्य प्रहार गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री