सोमबार, १७ वैशाख २०८१

भोलि काग तिहार: सय वर्षपछि शुक्र प्रदोष र धन त्रयोदशीको महासंयोग, राशि अनुसार यी चिज खरीद गर्नुहोस्

समयपोष्ट २०७६ कार्तिक ७ गते ११:१९

Advertisement

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ ।

यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

पौराणिक गाथा

पौराणिक गाथामा धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्रमन्थनसँग सम्बद्ध देखापर्छ । समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो । उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ पनि हो । उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ । त्यसबाहेक परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इङ्गित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उनलाई घर भित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्याउन अनुरोध र पूजा गरिन्छ । यस धार्मिक मान्यताले आममनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ । प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ । जसबमोजिम एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए । विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् ।

विवाहको ठिक चार दिनका दिन उनले आफ्न पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफु स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन् । रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो । बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए ।

ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो । यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यसै घटना पछि मानिसहरूले आफ्नो घरका सद्स्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ । यस कर्मको प्रतीकात्मक अर्थ हो- पारिवारिक सुख र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । धनतेरस भनिने कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ।

हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफुलाई गाँसेको पनि देखिन्छ। यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् । सारांशमा आआफ्ना सामर्थ्य-अनुकूल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ ।

यसपालि धन्वन्तरी जयन्ती कार्तिक ९ गतेका दिन परेको छ। यसै दिन स्वास्थ्य के देवता भगवान धनवंतरि जयन्ति पनि परेको छ। शुक्रवार दिन परेको शुक्र प्रदोष समेत रहेको हुँदा ज्योतिषीहरुका अनुसार यस दिन लगभग १०० वर्ष पछि विशेष महासंयोग जुर्दै छ।

शुक्र प्रदोष र धन त्रयोदशीको महासंयोग कार्तिक ९ गते जुर्न लागेको हुँदा यस दिन धेरै शुभ रहने ज्योतिषीहरु बताउँछन्। यस्तै यसै दिन सिद्धि योग समेत बन्दै छ। ज्योतिष शास्त्र अनुसार धनतेरस भएको दिन कुन राशी भएकोले के किन्न हुने र नहुने तथा पूजा गर्ने बिधि तल विस्तारमा दिईएको छ ।

१) मेष राशि

– सुन, चादी, भाडा, गहना, हिरा, विधुतीय उपकरण र कपडा किन्दा लाभ मिल्नेछ ।
– मेष राशिभएकाहरुले धनतेरसमा लक्ष्मी भगवान्को कृपा पाउनका लागि साझको समयमा आफ्नो घरको मुख्य प्रबेशद्वारमा तेलको दियो बालेर त्यसलाई पुजा गर्नु पर्दछ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको पूर्व दिशामा एक दियो बालेर राख्न राख्नुहोला ।
– दीपावलीको दिन शुक्र यन्त्र र शनि यन्त्रको स्थापना गरेर पूजा गर्नुस् ।
– सेतो कपडामा चन्दनको लेप लगाएर आफ्नो तिजोरीमा राख्नुहोस् ।

२) वृष राशि

– सुन, चादी, पीतल,हीरा, केशरी,कपडाहरु खरिद गर्न हुने तर सवारीसाधन, तेल, छालाको सामान, काठको फर्नीचर नकिन्दा राम्रो
– साझको समयमा पीपलको ५ वोटा पातहरुलाई पहेंलो चन्दन लगाएर खोलामा बगाए धनको बचत हुने र फिजूलखर्च रोकिने छ ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बालेर राख्न जरुरी रहेको छ ।
– वृष राशि भएकाले दीपावलीको दिन महालक्ष्मी यन्त्रको स्थापना गरि पूजा गरे राम्रो हुने छ ।

३) मिथुन राशि

– जग्गा,जमिन,घर, सुन, चादी किन्न हुने तर कसैलाई पनि उधारो दिन हुदैन ।
– मिथुन राशि भएकाले धनतेरसको दिन मा लक्ष्मीको कृपा पाउनका लागि बरको ५ वटा पातमा रातो चन्दन लगाएर रातो कपडामा केही सिक्कालाई बाधेर घरमा राख्नुपर्छ ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नु पर्छ ।
– दीपावली को दिन मिथुन राशि भएकाले घरमा चादीको श्रीयंत्र लेराए सुभ-लाभ हुन्छ ।
– दीपावली को दिन एक जटा भएको नरिवललाई रातो कपडामा बाधेर आफ्नो तिजोरीमा राख्नु पर्छ ।
– यसो गर्नाले धन लाभ हुन्छ, कुनै इच्छा पनि पूरा हुन्छ र परिवारमा सुख-शान्ति आउँछ ।

४) कर्कट राशि

– चादी,विधुतीय उपकरण, भाडा, काठको फर्नीचर किन्न हुने तर फलाम बाट बनेको कुनै पनि सामान किन्न नहुने
– माता लक्ष्मीको कृपा पाउनको लागि काग तिहार धनतेरसमा कर्कट राशि भएकाले साझ पीपलको रुख मुनि सर्सिउको तेल प्रयोग गरेर पंचमुखी दियो बाले लाभ हुने
– नरक चतुर्दशीको दिन आफ्नो घरको उत्तर दिशामा एउटा दियो बाल्न जरुरी रहेको छ ।
– दीपावली को दिन विष्णु मन्दिरमा एक पहेंलो त्रिकोण आकारको झण्डा चढाए आमदनी को स्रोत बढ्ने र आर्थिक स्थितिमा सुधार आउने छ ।

५) सिंह राशि

– सिंह राशि भएकाले धनतेरसमा आफ्नो नाम बाट कुनै पनि वस्तु खरदि नगर्दा राम्रो
– शनिको बास भएको हुनाले सुन, फलाम र शेयरमा प्रबेश नगर्दा राम्रो
– तामाको भाडा , कपडा र बच्चाको लागि कुनै पनि सामग्री नकिन्दा राम्रो
– सिंह राशि भएकाले धनतेरसमा गाईलाई खाना खुवाए र आफ्नो घरको पूर्व दिशामा एक दियो बाले देखि कारोबारमा भएको नोक्सान बाट बच्ने र दरिद्रता हट्नेछ ।
– काग तिहार बाट दीपावलीसम्म हरेक दिन आफ्नो घरको मुख्य द्वारको नजिक धेरै घिउ हालेर दियो बाले सुभ हुने छ ।

६) कन्या राशि

– धनतेरसको दिन कन्या राशिमा गजकेसरी योग बनेको हुनाले सुन, सम्पत्ति, हिरा, चादी , विधुतीय उपकरणहरु, गाडी,फर्नीचर किने देखि निकै नै लाभ मिल्ने छ भने कालो रंगको वस्तु वा कपडा किने देखि अशुभ हुने छ ।
– कन्या राशि भएकाले धनतेरसमा आर्थिक स्थिरताको लागि माता लक्ष्मीको मन्दिर मा २ वोटा कमलगट्टेको माला चढाउनुस्
– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्न जरुरी छ ।
– दीपावलीको दिन रातो कपडाले श्रीफललाई बाधेँर आफ्नो तिजोरीमा राखे आर्थिक संकट हट्ने छ र धन लाभ हुने छ ।

७) तुला राशि

– धनतेरसमा तुला राशि भएकाले लगानी गरे लाभ हुने छ ।
– सुन, तामा, गाडी, चाँदी का समान खरीद गर्दा लाभ मिल्ने छ भने फलामको सामग्री नकिन्दा उत्तम
– तुला राशि भएकाले ऋणबाट मुक्त हुनका लागि माता लक्ष्मीको मन्दिरमा नरिवल चढाउनूस ।
– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन लक्ष्मी माताको मन्दिरमा कमल गट्टेको माला चढाए रोग, दुख र दरिद्रता सबै हटेर जान्छ र भौतिक सुख प्राप्त हुने छ ।

८) बृश्चिक राशि

– बृश्चिक राशि भएका मानिसहरुमा शनि को साढ़ेसात चलिरहेको हुदा काग तिहारको दिन आफ्नो नाममा कुनै पनि सामान खरिद नगर्दा राम्रो
– फलामको सामान र सुन किन्न नहुने तर परिवारमा कसैको नाम बाट चाँदी, भाडा , पित्तल, कपडा,फर्नीचर, बिधुतिय उपकरण खरिद गर्दा लाभ हुने
– बृश्चिक राशि भएकाहरुलाई घाटा बाट माथि आँउनका लागि मुर्दा घाट मा लगाइएको पानिको नाल या कुवाको पानि लेराएर पीपलको रुखमा चढाए लाभ हुने
– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नु पर्द छ ।

९) धनु राशि

– धनु राशि भएकाहरुले घर,जग्गा,जमिन र बहुमुल्य वस्तु खरिद गर्दा लाभ मिल्ने छ ।
– सुन, हिरा ,बहुमुल्य रत्न खरिद गर्दा पनि लाभ हुने छ .
– नरक चतुर्दशीमा आफ्नो घरको पूर्व दिशामा एक दियो बाल्नु होस् ।
– दीपावली को दिन पीपल को पातमा लक्ष्मी मंत्र लेखेर आफ्नो तिजोरीमा राखे धन लाभ हुने छ ।

१०) मकर राशि

– कपडा, सुन, चादी, गाडी , किताब, बहुमुल्य रत्न, चादीको भाडा खरिद गर्दा धेरै लाभ मिल्ने छ भने मकर राशि भएकाले विधुतीय उपकरण घर,जग्गामा लगानी नगर्दा लाभ हुनेछ ।
– मकर राशि भएकाले आफ्नो आय स्रोत बढाउनका लागि सर्सिउको तेलमा दियो बल्नु पर्दछ ।
– नरक चतुर्दशीमा आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन शनि यन्त्र र मंगल यन्त्रको स्थापना गरि पूजा गर्नु पर्द छ ।
– शनि यन्त्र छ भने घरको पश्चिम दिशामा निलो कपडाले बाधेर राख्नुहोस
– दीपावलीको दिन रातो कपडामा नरिवल राखेर आफ्नो तिजोरीमा राखे माता लक्ष्मीको घरमा स्थायी वास हुने छ ।

११) कुम्भ राशि

– धनतेरसमा कुम्भ राशि भएकाले लगानी गरे निकै नै लाभहुने छ ।
– घर, जग्गा , सवारीसाधन, किताब, विधुतीय उपकरण,फर्नीचर खरिद गर्दा निकै सुभ हुने तर सुन वा बहुमुल्य रत्न भने खरिद गर्न नहुने
– कुंभ राशि हुनेले स्थायी सुख-समृद्धिको लागि धनतेरसमा आफ्नो परिवारसँग लक्ष्मी-गणेश र कुबेर जी को पूजा गर्नुहोस्
– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्
– दिपावलीको रात नरिवलको खबटामा घिउ हालेर दियो बाले लक्ष्मीको घरमा स्थायी वास हुने छ ।

१२) मीन राशि

– सुनको आभूषण, चादीको भाडा, घर-जग्गा खरदि गर्दा निकै लाभ रहेको तर शेयर मा लगानी र अरुलाई उधारो दिए असुभ हुने
– मीन राशि भएकाले आफ्नो कारोबारमा फाईदा कमाउनु छ भने कुनै दुई वृक्ष रोपेर त्यसको सधै हेरविचार गर्ने संग्कल्प लिनुहोस्
– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन पहेलो कपडामा बेसार राखी त्यसलाई ११ वोटा गाठो बनाएर आफ्नो तिजोरी मा राख्नुहोस
– माता लक्ष्मीको मन्दिरमा अगरबत्तीको दान गर्नाले कारोबार र काममा उन्नति मिल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री