सोमबार, १७ वैशाख २०८१

कलेज पढ्ने विद्यार्थीहरु बढि जोखिमपूर्ण यौन क्रियाकलापमा

समयपोष्ट २०७६ कार्तिक ६ गते १७:४४

Advertisement

कलेज पढ्ने विद्यार्थीहरु असुरक्षित यौन क्रियाकलापमा संलग्न हुनुमा उनीहरुको अस्थीर जिवनशैली मुख्य कारक तत्वको रुपमा रहेको अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ ।

इलिनोइस विश्वविद्यालयका शेाधकर्ताका अनुसार आफ्नो जिवनमा आइरहने लगातारका संक्रमणहरुका कारण युवायुवतीहरुले प्रसस्त अस्थीरता अनुभुत गर्दछन् र सोही कराण असुरक्षित यौन क्रियाकलापमा संलग्न हुन पुग्छन् ।

२१ वर्षमुनिका ३९८ जना कलेज पढ्ने विद्यार्थीहरुमा यो अध्ययन गरिएको थियो । शोधकर्ताहरुका अनुसार दीर्घकालीन सम्बन्ध नहुने पार्टनरसँग पनि सेक्स गर्ने, साथी तथा नयाँ मानिससँग पनि योजनावीहिन, भद्रगोल तथा भैरपरी सेक्स गर्ने तथा झट्कापूर्ण यौन व्यवहारलाई जोखिमपूर्ण सेक्सको रुपमा औल्याएका छन् ।

जिवनमा जति अस्थीरता महसुस भयो विद्यार्थीहरु उति नै बढि जोखिमपूर्ण यौन क्रियाकलापमा सहभागी हुने गरेको शोधकर्ताहरुको ठम्याइ छ । यसको मुख्य कारण उनीहरुको भौतिक तथा संवेगात्मक थकान र विवेकशील रुपमा सोँच्ने क्षमतामा ह्रास हुनु हो ।

१८ देखि २५ वर्षका युवायुवतीहरुमा अभिभावकबाट पाउने स्वतन्त्रतामा वृद्धि हुँदै गइरहेकेा छ । सोही स्वतन्त्रताको उपयोगका क्रममा उनीहरुले धेरै खाले प्रयोग गर्ने गर्छन र आफ्नो रोमान्टिक पहिचानको खोजी गर्दछन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री