सोमबार, १७ वैशाख २०८१

बाध्यताले १३ देखि १४ वर्षको उमेर मै किशोरीले राख्छन् शारिरिक सम्पर्क

समयपोष्ट २०७६ कार्तिक ६ गते १७:३०

Advertisement

१. दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा परिबन्ध, बाध्यता वा चासोका रुपमा सहबास गर्छन् ।

२. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सहबास गर्ने गरेको तथ्यांक छ ।

३. १९ वर्ष पुग्दासम्म किशोरकिशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सहबास गरेका हुन्छन् ।

४. असुरक्षित सम्पर्क गर्ने किशोरी अन्य वयस्कभन्दा गर्भवती हुने सम्भावना ९० प्रतिशत उच्च हुन्छ ।

५. गर्भवती भएकामध्ये एक तिहाइ किशोरीले गर्भपतन गर्छन् ।

६. जतिसुकै विकसित भए पनि अमेरिकामा किशोरी गर्भवतीको मुद्दा कहिल्यै कमी भएन । १६ वर्षअघि सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ।

७. विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ ।

८. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ।

९. अमेरिकामा वर्षेनी देखिने १ करोड ८९ लाख नयाँ यौन रोग (सिफलिस, गोनोरिया ) मध्ये ४८ प्रतिशत अर्थात् ९१ लाख रोगी १५ देखि २४ वर्षबीचका हुन्छन् ।

(स्रोतः एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित सामाग्री