शुक्रबार, १४ वैशाख २०८१

रणबीर–आलियाको विवाह उम्मेद भवन प्यालेसमा !

समयपोष्ट २०७६ कार्तिक ५ गते १५:१६

Advertisement

सोसल मिडियामा रणबीर–आलियाको विवाहको कार्ड भाइरल हुन थालेको छ । कार्डका अनुसार दुइएको विवाह राजस्थान जोधपुरस्थित उम्मेद भवन प्यालेसमा सन् २०२० को जनवरी २२ मा हुने छ ।

यो विवाहको कार्डलाई ट्वीटर र ह्वाट्सएपमा अत्यधिक बाँडिएका छन् । यद्यपि, कार्डलाई ध्यानपूर्वक हेर्ने हो भने यो फोटोसप भएको थाहा हुन्छ । कार्डमा स्पेलिङ र ग्रामर अत्याधिक बिगारिएको छ । कार्डमा आलियाको नाम नै बिगारिएको छ ।

यसबाहेक कार्डमा आलियालाई मुकेश भट्टकी छोरी बताइएको छ जबकी उनी फिल्म निर्माता महेश भट्टकी छोरी हुन् । त्यसमाथि यी दुईको विवाह हुने खबर दुबै परिवारका कुनै पनि सदस्यले दिएका छैनन् ।

स्मरण रहोस्, यसअघि पनि यी दुईको विवाहको तस्बिर भाइरल भइसकेको छ जुन उनका प्रशंसकले बनाएका थिए । यसमा रणबीरलाई दुलहा र आलियालाई दुलहीको रुपमा देखाइएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री