शनिबार, ८ वैशाख २०८१

घरको मुख्य द्धार उत्तर-पुर्व दिशामा छैन भने यसो गर्नुहोस्, हट्छ वास्तु दोष

समयपोष्ट २०७६ कार्तिक ४ गते १५:००

Advertisement

वास्तु शास्त्रमा घरको नकारात्मक उर्जा हटाउने र सकारात्मक उर्जा बढाउने विभिन्न टिप्सहरुको बारेमा बताइएको छ। यि टिप्सहरु अपनाउने हो भने विभिन्न तनावबाट मुक्त भइने बताइएको छ ।

थाहा पाउनुहोस् घरको लागि केही वास्तु टिप्स

-घरको मुख्य द्धार सधैँ पुर्व अथवा उत्तर दिशामा हुनु शुभ मानिन्छ । यदि पुर्व अथवा उत्तर दिशामा घरको मुख्य द्धार अवस्थित छैन भने ढोकामा स्वस्तिक, श्रीगणेश जस्ता शुभ चिन्ह् बनाउदा सकारात्मक उर्जा बढ्छ ।

-घरको आँगनमा तुलसीको बिरुवा लगाउँने परम्परा परापुर्वक कालबाटनै चलि आएको छ । घरको आँगनमा तुलसीको बोट लगाउँनाले नकारात्मक उर्जा हट्ने र सकारात्मक उर्जा बढाउने बताइन्छ । हरेक बिहान तुलसीको बिरुवामा पानी हाल्दा र साँझमा दियो बाल्दा शुभ हुन्छ ।

-घरमा काम नलाग्ने कवाडी सामानहरु छन् भने त्यसलाई तुरुन्तै हटाउँनुहोस् । यसले घरमा नकारात्मक उर्जाका साथै मानसिक तनाव बढाउछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री