शुक्रबार, २१ वैशाख २०८१

सुत्केरी भएको कति समयपछि यौन सम्पर्क राख्ने ?

समयपोष्ट २०७६ कार्तिक १ गते १४:५४

Advertisement

एउटी महिला आमा बनिसकेपछि उनमा पहिलाको जस्तो यौन इच्छा रहँदैन भन्ने गरिन्छ ।
तर, एक अध्ययनका अनुसार आमा बनेको केही समयपछि महिलामा कामेच्छा स्वाभाविक रुप बढ्न थाल्छ । तर आमा बने पछि आफ्नो यौन जीवन बिग्रेको धेरै महिलाहरु बतायँछन् ।

कसै-कसैले त बच्चा जन्मेको एक वर्ष भैसक्दा समेत यौन सम्पर्क गर्दैनन् । श्रीमान्-श्रीमती मात्र हुँदा हरेक समय यौन सम्पर्ककोलागि सहज वातावरण हुने भए पनि बच्चाका कारण यौन सम्पर्कका लागि समय मिलाउनु पर्ने भएकाले पनि त्यस्तो असहज परिस्थिति सिर्जना हुन्छ ।

सामान्यतया बच्चा जन्मेको ४५ दिनपछि नै महिलाहरु यौन सम्पर्कका लागि तयार हुन सक्छन् । प्रायः हार्मोन व्यालेन्समा आएपछि महिलाहरुमा यौन इच्छा बढ्न थाल्छ । तर प्रायः महिलाहरु यो समयमा यौनसम्पर्क गर्न सहज महसुस गर्दैनन् । कति महिलाहरुलाई त बच्चा जन्मेको एक वर्षपछि मात्र यौन इच्छा उत्पन्न हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री