शुक्रबार, २१ वैशाख २०८१

सुन्दरता बढाउन सेक्स, उमेर समेत बढ्छ

समयपोष्ट २०७६ कार्तिक १ गते १४:२७

Advertisement

श्रीमान्-श्रीमतीको सम्बन्धलाई बलियो बनाउँन यौन सम्बन्धले ठूलो भुमिका खेलेको हुन्छ । सफल यौन सम्बन्धका लागि स्वस्थ शरीरका साथैसाथै मन पनि स्वस्थ हुनु उत्तिनै जरुरी छ ।

यौन सम्बन्ध राख्ने इच्छा हुनेबित्तिकै इन्दि्रयतर्फ रक्त सञ्चारको प्रभाव बढ्छ, जसबाट इन्द्रियको आकार बढ्नुका साथै त्यसमा कठोरता आउँछ । यदि तपाईंको जोडी भय, चिन्ता, तनावबाट दिक्क छ भने इन्दि्रयको कठोरता समाप्त हुन्छ अथवा कम हुन थाल्छ र यौन सन्तुष्टि प्राप्त गर्न सकिँदैन ।

मानसिक तनाव

Advertisement

यौन सम्बन्धमा असफलताको एउटा कारण मानसिक पनि हो । इन्दि्रयको आकार परिवर्तन नर्भस स्टिम्युलेसनमा आधारित हुन्छ । संवेदना नै भएन भने आकार बढ्ने कुरै हुँदैन । यौन सम्बन्धको प्रवल इच्छा हुँदाहुँदै पनि कतिपय पुरुष इन्दि्रय शिथिलताका कारण यौन सम्बन्ध राख्न असमर्थ हुन्छन् ।

अमिलो-पीरोको अधिक सेवन

अमिलो, पिरो, चिल्लो खानाको अत्यधिक सेवन गर्नाले वीर्य विकृत हुन्छ । परिणामस्वरुप सेक्स पार्टनरले यौन सम्बन्धको भरपूर आनन्द उठाउन पाउँदैनन् ।

प्रजनन अंगमा रोग

प्रजनन अंगमा रोग लागेका कारण पनि इन्द्रियको आकार बढ्ने प्रकृयामा समस्या पैदा हुन्छ, जसले श्रीमान्-श्रीमती दुवैले यौन सम्बन्धको आनन्द लिन सक्दैनन् । कतिपय अवस्थामा त पुरुषको अंगमा चोट लागेका कारण पनि त्यसको आकारमा परिवर्तन आउँदैन । यसबाहेक कतिपटक त मन तथा शरीर दुवैको कामावेगले उत्तेजित भए पनि सहवास प्रकृयाको क्रममा श्रीमानको अतिशीघ्र स्खलित हुने र श्रीमतीलाई पिडा महसुस हुने समस्या पनि देखिन्छ ।

श्रीमतीको असहयोग

यदि श्रीमतीले यौन सम्पर्कको क्रममा श्रीमानलाई पूर्णरुपले सहयोग गर्न सकिनन् अथवा आफ्नो साजसज्जा तथा शरीरको सरसफाइमा ध्यान दिँदैनिन् भने पनि श्रीमानको मनमा यौन सम्पर्कप्रति अरुचि हुन सक्छ ।

उत्साहको कमी

सहवासको क्रममा श्रीमान्-श्रीमती दुवै उत्साहित हुँदै, हाँस्दै-बोल्दै, चल्दै एक-अर्कालाई सहयोग गर्नु पर्छ । यदि श्रीमतीहरुले यसो गरेनन् भने श्रीमानलाई के लाग्छ भने श्रीमतीले केवल औपचारिकतामात्र निर्वाह गरिरहेकी छिन् ।

सन्तुष्टिलाई बेवास्ता गर्नु

जसरी श्रीमतीले यौन सम्बन्धमा श्रीमानलाई पूर्णरुपले सन्तुष्ट बनाउन सकियोस् भन्ने चाहन्छिन्, ठीक त्यसैगरी श्रीमानले पनि श्रीमतीलाई पूर्णरुपले सन्तुष्ट बनाउँछु भन्ने चाहनु राख्नु पर्छ । यो कुरा त्यो बेलामात्र सम्भव हुन्छ, जब दुवैजना मानसिक तथा शारीरिक रुपले एक-अर्कामा समाहित भएर सम्बन्ध बनाउँछन् ।

यौन सम्बन्धले सम्पूर्ण शरीरलाई प्रभावित गर्छ । यसले मन-मस्तिष्कसँग-सँगै रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । यदि श्रीमान् अथवा श्रीमती स्टिफनेस (बाउँडिने समस्या) को समस्याबाट पीडित छन् भने यौन सम्बन्धको क्रियाकलापले उनीहरुलाई फाइदा पुर्‍याउन सक्छ । वास्तवमा, यो यौन सम्पर्क त्यस्तो क्रिया हो, जसले शरीरका सम्पूर्ण मांसपेशीहरुको व्यायाम हुन्छ र स्टिफनेस जस्तो समस्याबाट पनि छुटकारा पाइन्छ । सही यौनसम्पर्कले कोलेस्ट्रोल नियन्त्रण हुन्छ, रोगप्रतिरोधक क्षमता बढ्छ, रुघा-खोकी जस्ता समस्याहरु समेत कम हुने बताइन्छ ।

शरीरको कुनै पनि भागमा सामान्य दुखेको महसुस भएको छ भने त्यसैका कारण यौन सम्बन्धलाई रोक्नु हुँदैन । किनभने यौन सम्बन्ध राख्नाले दुखाइबाट समेत राहत मिल्छ, यसले तनावसमेत भगाउँछ ।

उमेरसँगै बढ्छ सुन्दरता

यदि श्रीमान्-श्रीमती दुवैले खुलेर यौन सुखलाई अपनाउने हो भने त्यसले उनीहरुको सुन्दरता मात्र बढ्दैन, उमेरसमेत बढ्छ ।

यौनको कमजोरीमा टेस्टोस्टेरोनको प्रयोग गर्नुपर्छ अर्थात पुरुष हार्मोनले उपचार गरिन्छ । यो प्रकृया ती रोगीहरुका लागि पनि उपयोगी सावित हुन्छ, जसको शरीरमा वास्तवमै कामोत्तेजनाको कमी हुन्छ । यसप्रकार यौन सम्बन्धमा हुने कमजोरीलाई कम गर्नका लागि सुखद यौन जिन्दगी बाँच्नु आजको व्यस्तताले भरिएको जिन्दगीका लागि अति नै अनिवार्य छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री