मंगलबार, ६ साउन २०८२

अन्तरिक्ष मिशनको तयारीमा नासा,चन्द्रमा र मंगलको जस्तो माटो तयार गरेर उब्जायो दश तरकारी

समयपोष्ट २०७६ असोज ३० गते १५:२७

अमेरिकी स्पेस एजेंसी नासाले मंगल ग्रह र चन्द्रमाको जस्तो माटो तयार गरी सब्जी उब्जाउन सफल भएका छन् । यससंगै भविष्यमा चन्द्रमामा बस्नेहरुको लागि त्यहाँ साग सब्जी उब्जाउन सहजह हुँने दाबी बैज्ञानीहरुले गरेका छन् ।

नीदरलैंडको वैगनिंगेन यूनिवर्सिटी र रिसर्चका शोधकर्ताका अनुसार चन्द्रमामा उब्जनी हुँने तरकारीका बिउ समेत प्राप्त गर्न सकिने छ ।

बैज्ञानीकहरुले उक्त माटोमा गोलभेडा,मूला,रायो,पालुंगोको साग, क्विनोआ, पालक, चिव्स (प्याको पत्ती) र मटर दस तरकारी रोपेका थिए ।

ओपन एग्रीकल्चर जर्नलमा प्रकाशित अध्ययनका अनुसार रोपिएका दश फल मध्य नौ फल राम्रोसंग विकसित भयो । तर पालुंगोको साग भने विकसित हुन सकेन ।

मूला र रायोको बिउ समेत निकालियो साथै ति बिउ सफलतापुर्वक अंकुरण समेत भए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री