मंगलबार, २५ वैशाख २०८१

यसकारण राती नाङ्गै सुत्नुहोस्

समयपोष्ट २०७६ असोज ३० गते १४:०७

Advertisement

अधिकांश व्यक्तिहरु राति कपडा लगाएर सुत्ने कि कपडा खोलेर सुत्ने भन्नेमा दुविधा रहन्छ । तर राति कपडा खोलेरै सुत्दा यसले हाम्रो शरीरलाई फाइदा पुर्‍याउँछ । कपडा नलगाइ सुत्नु महिला र पुरुष दुवैका लागि उत्तिकै फाइदाजनक छ । यसबाट शरीरका जुन अंगहरुमा अत्यधिक पसिना आउँछ, ती अंगहरुमा संक्रमण हुने सम्भावना पनि न्यून रहन्छ ।

-कपडा नलगाइकन सुत्नाले रक्त सञ्चार उचित तरिकाले हुन्छ र ब्लड प्रेसर पनि नियन्त्रणमा रहन्छ । साथै कपडा खोलेर सुत्नाले अक्सिटोसिन हार्मोन बढ्छ, जसका थुप्रै फाइदाहरु छन् । यसले तनाव र टेन्सन कम गराउन सहयोग पुर्‍याउँछ ।

-कपडा नलगाइ सुत्दा शरीरले पूर्णरुपले हावा पाउँछ र छालामा संक्रमण जस्ता थुप्रै समस्याहरुबाट छुटकारा दिन्छ ।

Advertisement

– जब तपाईं कपडाबिना नै सुत्नु हुन्छ, तपाईंलाई निकै गहिरो निद्रा पर्नेछ । किनभने यसले तपाईंको शरीरलाई ओभर हिट हुनबाट बचाउँछ र राम्रो निद्रा पर्छ । यसले शरीरमा शितलता प्राप्त हुन्छ भने शरीरको तापमान पनि नियन्त्रणमा रहन्छ, जसका कारण हाम्रो दिमाग पनि सामान्य अवस्थामा रहन सहयोग पुग्छ ।

-कपडा नलगाइ सुत्दा स्मरणशक्ति बढ्छ । किनभने गहिरो निद्राले शरीरमा ग्रोथ हार्मोनको उत्पादन बढ्छ, जुन दिमागको वृद्धिका लागि पनि सहायक मानिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री