शनिबार, १ कार्तिक २०८२

पारससंग नाम जोडिएपछि सोनिकाले खोलिन् मुख

समयपोष्ट २०७६ असोज २८ गते १२:४७

Advertisement

पूर्व युवराज पारस शाहसंग नाम जोडिएर समाचार प्रकाशित भएपछि यूट्यूबर तथा मोडल सोनिका रोकायाले प्रतिक्रिया दिएकी छिन् । उनले एक अनलाईनसंगको कुराकानीमा बाहिर आएका समाचारहरुमा सत्यता नरहेको र तथ्य नबुझी लेखिएको स्पष्ट पारेकी छिन् ।

सोनिकाले भनिन्,’उहाँको छवि पनि विवादास्पद छ र मेरो पनि। यसको आधारमा यस्तो भनिएको हो। मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि निकट छु। म परिचितहरू सबैसँग उस्तै किसिमको ख्याल ठट्टा गर्छु ।

अरू धेरैको बाइकमा कफी पिउन गएको छु, साथीका रूपमा। यो पनि त्यस्तै हो’, उनले भनिन्, ‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला। केटी भएँ त्यसैले यस्तो भएको हो । हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन्। मेरो बारेमा मलाई नसोधी लेखिएको छ।’

Advertisement

पूर्व युवराज पारसले सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि उनीहरुबारे विभिन्न टिका टिप्पर्णी सुरु भएको हो । त्यसो त दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बाक्लैरूपमा एकसाथ देखिन थालेपछि उनीहरूबीच निकटताका बारेमा चर्चा चल्न थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री