शनिबार, ८ वैशाख २०८१

नेशनल लाइफको साधारणसभाको मिति तय

समयपोष्ट २०७६ असोज २७ गते १२:२३

Advertisement

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक २४ गते १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले साधारणसभाका लागि कम्पनीले कात्तिक १० गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। कात्तिक ९ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले साधारणसभामा भाग लिन पाउने छन्।

कम्पनीले साधारण सभामा पछिल्लो समय घोषणा गरेको लाभांश प्रस्ताव लैजाने छ। कम्पनीले विशेष प्रस्तावमा चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव लैजाने छ। कम्पनीले यही साधारण सभाबाट शेयर संरचना परिवर्तन गर्ने भएको छ।

कम्पनीले हाल सर्वसाधारण तर्फको ३५ प्रतिशत रहेको शेयर हिस्सालाई बढाएर ४९ प्रतिशत पुर्या्उने र संस्थापक तर्फको ६५ प्रतिशत रहेको शेयर हिस्सालाई ५१ प्रतिशतमा झार्न प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव सभामा गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री