बुधबार, ५ वैशाख २०८१

दशै विदा सकियो तर,सरकारी कार्यालयमा छैनन् कर्मचारी

समयपोष्ट २०७६ असोज २३ गते २०:५०

Advertisement

रमेश गिरी

सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर भक्तपुर जिल्लाका सरकारी कार्यालय भने सुनसान भएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमा समेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान भएका थिए । दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयहरुमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कर्मचारी अत्यन्त न्यून उपस्थिति भए र सेवाग्राही पनि कम आउँदा कार्यालय दिनभरी नै सुनसान देखिएको थियो । यातायात कार्यालय जगातीमा भने केही सेवाग्राही आए पनि आएका सेवाग्राहीको समयमै काम सकिएको र अन्य सेवाग्राही नआएको भन्दै कार्यालय समय भन्दा दुई घण्टा अगावै कार्यालय बन्द भएको थियो ।

आन्तरिक राजश्व, पशु, स्वास्थ्य, डिभिजन सडक, खानेपानी, घरेलु, शिक्षा लगायतका अधिकांश कार्यालयमा सेवाग्राही नआएको र कर्मचारी पनि न्यून उपस्थिति भएपछि कार्यालय दिनभरी नै सुनसान देखिन्थे । सेवाग्राही नआएपछि र कर्मचारीको उपस्थिति पनि कम भएपछि अधिकांश सरकारी कार्यालय आज ३ बजे नै बन्द भएका थिए ।

आफूले पाउने अन्य बिदा कटाएर कर्मचारीले दशैमा बिदा थप गरेर जाने भएकाले पनि कर्मचारीको उपस्थिति न्यून भएको जिल्लाका अधिकांश सरकारी कार्यालय भने ३ बजे नै बन्द भएका थिए । खुलेका केही कार्यालयमा पनि कार्यालय सहायक मात्रै थिए । धेरैजसो कार्यालयमा कार्यालय प्रमुख समेत नआएपछि कतिपय आएका कर्मचारी पनि हाजिर गर्दै निस्किएका थिए । कार्यालयमा कर्मचारी नआउँदा यसको अनुगमन भने जिल्लाका कुनै पनि कार्यालयमा भएन । जिल्लाका नगरपालिकामा समेत कर्मचारी र सेवाग्राही कम रहेको पाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री