सोमबार, २४ वैशाख २०८१

तामाको भाँडामा भुलेर पनि नखानुहोस् यी खानेकुरा

समयपोष्ट २०७६ असोज २३ गते १४:४६

Advertisement

तामाको भाँडामा पानी खानु स्वास्थको लागि निकैनै लाभदायक मानिन्छ । तर पानी बाहेक अन्य खानेकुरा तामाको भाडामा प्रयोग गर्दा भने सावधानी अपनाएकै वेस ।

तामाको भाडामा अचार, दही र कागतीको रस प्रयोग गर्नु हानीकारक मानिन्छ । तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ । यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । यसले एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ । यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा, मेवाजस्ता फल तामाको भाँडामा बिर्सेर पनि नराख्नुहोस् । यस्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्नेजस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री