सोमबार, २४ वैशाख २०८१

आफ्नो स्तनबारे किन पिरोल्लीरहन्छन् किशोरी

समयपोष्ट २०७६ असोज २३ गते ९:२८

Advertisement

स्तन बढ्दै गरेका किशोरीहरुलाई आफ्नो स्तनको बारेमा जिकै जिज्ञाशा हुन्छ । कतिपय किशोरीहरु त बढेदै गरेको स्तनको बारेमा पिरोल्लीरहेका हुन्छन् । किनकि अरुको पनि स्तन देखेर आफ्नो चाहिं कस्तो हुनेहोला भनेर । कतिपय त बढ्दै गरेको स्तन नदेखियोस भनेर भित्र स्तन नदेखिने गरि कपडाले जीउमा फेरो मारेर बाँधेका हुन्छन् । तर पनि बढ्दै गएपछि त देखिइहाल्छ । शारीरिक बृद्धिसँगै बढीहाल्छ जसरी प्रकृतिले तयार बनाएको छ, त्यहि आकार लिइहाल्छ । अनि आफ्नो जस्तो आकार बन्यो त्यसलाई स्वकार गर्ने किशोरीहरु अत्यान्तै कम पाइन्छन ।

आफ्नो स्तन कस्तो भइदिए हुन्थ्यो ? लाम्चो, बाटुलो दुई स्तन फट्टिको, अलिकति मात्र नजोडिएको, अलि सानो, ठूलो, इत्यादि कुराहरुमा सबैका अपेक्षा फरक फरक हुन्छ । हुन पनि कसैको धेरै लाम्चिलो, कसैको फराकिलो, कसैको सानो, हुन्छ । मुन्टो माथि फर्केको, दायाँबायाँ तिर फर्केको पनि हुन्छ भने कसैको टुप्पो सानो र कसैको ठूलो हुन्छ ।

आफ्नो स्तन सानो जस्तो महशुस गरेका महिलाहरुले अलि ठूलो देखिने किसिमका ब्रा लगाएर भए पनि ठूलो देखाएका हुन्छन । छातीको अलि माथि स्तन हुने लाई अलि तल भैदिए हुनथ्यो भन्ने कुरामा पिरोल्लिएका हुन्छन भने अलि तललिर भएकाहरु चाहिं अलि माथि तिर भइदिए हुनथ्यो भनेर पछुताइरहेका हुन्छन् । त्यसैले कसैले पनि चाहेको जस्तै भएको पाइदैन । त्यस्तै, कसैको पनि दुबै स्तन ठीक्क बराबरीको हुदैन ।

Advertisement

शारीरिक बनोटमा एक मानिसको भन्दा अर्को मानिसको फरक हुन्छ । त्यो फरक हुनु भनेको शरीरिका सबै अङ्गहरुको बनौट फरक भएकाले हो । नाक, कान गाला, च्यापु हात खुट्टा, कपाल आदिको बनौट फरक तरिकाले बनेको ले नै हो मानिस एक भन्दा आर्को फरक देखिएको । त्यसैगरी स्तन पनि फरक तरिकाले फरक आकारको बनेको हो । स्तनको मुख्य उद्देश्य बच्चालाई स्तनपान गराउनु हो, जस्को आकारसँग कुनै सम्बन्ध हुँदैन । अनि, महिलाको स्तन पुरुषको लागि बनेको पनि होइन ।

शारिरिक सम्बन्धमा आकर्षणको लागि स्तनको पनि कुरा आउँने गर्दछ तर ठिक्क यस्तै चाहिं स्तनले आकर्षण हुन्छ भन्ने कुरामा सबैको एकै मत हुँदैन । जस्तो आकारको भएपनि स्तन चलाउँदा महिला पुरुष दुबैलाई आनन्द आउँछ किनकि स्तन पनि यौन अङ्ग भित्र नै पर्दछ । त्यसैले स्तनको चासो पुरुषलाई पनि परेको हो तर त्यो पनि उमेर अनुसार फरक पर्दछ । अनि पुरुषले अपेक्षा गरेका स्तनको आकारमा पनि सबैको एक मत हुदैन ।

स्तानको आकारको चाहना मनोविज्ञान हो । सबै भन्दा राम्रो धारणा के हो भने सबै किसिमका स्तनहरु राम्रा हन् । आफ्नो जस्तो आकारको छ त्यसलाई सहर्ष स्वीकार्नु पर्दछ, त्यो बुद्धिमानी कुरा हुन्छ । स्तनको हेरचाह गर्नु राम्रो काम हो । सधै ब्रा फेरेर लगाउँने गर्नु पर्दछ । एक दुइ दिनमा स्तनलाई आफैंले तलबाट माथि, दायाँबाट बायाँ र बायाँबाट बायाँ तिर थिचेर मालिस गर्नुपर्दछ । त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । स्तनपान गराउँने महिलालले स्तनको टुप्पोको सबै भाग बच्चाका मुख भित्र पुग्ने गरी खुवाउँनु पर्दछ । त्यसको लागि बच्चाको नाक र चिउँडोले स्तनलाई छोएको हुनुपर्दछ । धेरै मानिरमा धेरै स्तनपान गराउँदा स्तन विग्रन्छ भन्ने साध्यै गलत धारणा हुन्छ । तर जसले पूर्ण स्तनपान गराउँदैन उसको स्तनको आकार विग्रिने समभावना हुन्छ । पूर्ण स्स्तनमान भनेको एकपटक स्तनपान गराउँदा एकतिरको स्तरको दुध खुवाई सकेर मात्र अर्को खुवानुपर्दछ र बच्चाको कम्तिमा ३ बर्षको उमेर सम्म स्तनपान गराउँनु पर्दछ । यसो गर्दा दुध सुक्दैन र स्तनको आकार पनि विग्रन पाउँदैन । यौनिकता पनि कायम रहन मद्दत पुग्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री