आइतबार, ६ जेठ २०८१

सलमान रुस्दीकी पूर्वपत्नी १६ वर्षको उमेरमै प्रेमीबाट यसरी बलात्कृत भएकी थिइन्

समयपोष्ट २०७५ असोज ११ गते ७:०५

टेलिभिजन दुनियाँमा चर्चित अनुहार तथा चर्चित लेखक सलमान रुस्दीकी पूर्वपत्नी पद्मलक्ष्मीले किशोरावस्थामा आफ्नो बलात्कार भएको बताएकी छन् ।न्यूयोर्क टाइम्समा एकलेख लेख्दै ४८ वर्षिया पद्मलक्ष्मीले ३० वर्षअघि १६ वर्षको उमेरमा आफ्नो बलात्कार भएको बताइन्। उनले लेखमा त्यसबेला त्यस घटना आफ्नै गल्तीका कारण भएको महशुस गरेको बताइन् ।

Advertisement

उनले महिलाले किन यस्ता हिंसाका घटना लुकाउँछन ? बल्ल थाहा पाएको जानकारी दिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सर्वोच्च अदालत प्रमुखका लागि ब्रेट कैवनालाई सिफारिस गरेका थिए । तर कैवानलाई विभिन्न महिलाले यौनजन्य हिंसाको आरोप लगाएपछि डोनाल्ड ट्रम्पले उनको बचाउ गर्दै यतिका वर्ष किन यस्ता घटना सार्वजनिक नगरेको भन्दै प्रतिप्रश्न गरेका छन् । यसै घटनाले उनलाई आफ्नो घटना भन्न प्रेरित गरेको पद्मद्यक्ष्मीले बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘म २३ वर्षिय केटासँग केही महिनादेखि प्रेममा थिए । उनलाई म कुमारी थिए भन्ने थाहा थियो । ३१ डिसेम्बरको साँझ हामी नयाँ वर्षको पार्टीमा गएका थियौं । म थकित भएका कारण उनकै अपार्टमेन्टम निदाए । मलाई गहिरो पिडा भएपछि म ब्युझिएँ । मलाई कसैले चक्कु प्रहार गरेको आभास भएको थियो । उ म माथि थियो । मैले उसलाई सोधेँ के गरेको ? उसले थोरै पिडा हुन्छ भन्यो । मैले उनलाई छाड भनेर रुन थाले । पिडा असह्य थियो ।’

आफ्नो जमनामा चर्चित मोडेल पद्मलक्ष्मीले वयस्क हुँदा यस घटनाबारे खुलाएकी थिइनन् । उनले सन् १९८० को दशकमा ‘डेट रेप’ भन्ने कुनै चीज नभएको बताइन् । डेट रेपको मतलब आफूले चिने जानेको मानिसले आफूमाथि जबर्जस्ती गर्नु हो ।
उनी आफै प्रेमीको अपार्टमेन्टमा गएका कारण आफैमाथि प्रश्न उठ्ने खतराका कारण आफूले त्यस घटनाबारे नखुलाएको बताइन् । उनी त्यसमा आफ्नो गल्ती भएको बताउँछिन। पद्मलक्ष्मीले सात वर्षको उमेरमा समेत आफूमाथि दुव्यवहार भएको सम्झिन्छन् ।

Advertisement

पद्म लक्ष्मीले यौन हिंसालाई लिएर जुन तर्क गरिन्छ त्यस विषयले चिन्ता बढाउने बताइन । उनले लेखेकी छन्, ‘म जहिल्यै सोच्थे, जब मैले आफ्नो कुमारित्व गुमाउँछु यो मेरो लागि ठूलो कुरा हुन्छ कि आफैले लिएको फैसला हुन्छ । यौन सम्पर्क गर्दा मेरो प्रेमको अभिव्यक्ति हुन्छ, आनन्दको अनुभूति हुन्छ अथवा बच्चा जन्माउन हुन्छ म बारम्बार यस्तै कुरा सोच्थे । मैले आफ्नो बलात्कारको बारेमा सार्वजनिक गर्न दशकौं लगाए ।’

लक्ष्मी हालै सर्वोच्च अदालत प्रमुखका लागि सिफारिस भएका ब्रेट कैवनाका बारेमा पनि लेखेकी छन् । उनले भनिन, ‘ब्रेट कैवनाको विषयमा मानिसहरुले किन घटना वर्षौसम्म नखुलाएको भनेर प्रश्न गरेका छन् । केहीले किशोरावस्थाको गल्तीका कारण अहिले कसैले सजाए पाउनु नपर्ने टिप्पणी गरेका छन् । तर उनीहरुले बुझ्नुपर्छ महिलाले जीवनभर दुख पाएका छन् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री