आइतबार, ६ जेठ २०८१

जब अजयले काजोलको मोबाइल नम्बर ट्विट गरे…

समयपोष्ट २०७५ असोज १० गते ६:२६

बलिउड अभिनेता अजय देवगनले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर ट्वीटर मार्फत सेयर गरिदिएका छन् । उनले काजोलको नम्बर सार्वजनिक गर्ने बित्तिकै उक्त नम्बर सामाजिक सञ्जालमा भाइरल बनेको छ । अजयको ट्वीटर अकाउन्टबाट काजोलको नम्बर अप्रत्यासित रुपमा सेयर गरेपछि सबैले उनको ट्वीटर अकाउन्ट ह्याक भएको अनुमान गरिरहेका थिए ।

Advertisement

अजयले लेखेका छन् ‘काजोल यतिबेला देश बाहिर छिन्, कृपया उनलाई ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुहोला ।’अजयले काजोलको मोबाइल नम्बर शेयर गरे लगत्तै कतिपयले यस नम्बरमा फोन र म्यासेज गर्न सुरु गरिसकेका थिए भने कतिले अजयले यस्तो गर्न नहुने भन्दै अजयलाई नै ट्रोल गर्न सुरु गरेका थिए ।

अजयले ट्वीट अहिलेसम्म पनि पनि डिलिट गरेका छैनन् । तर उनले काजोलको नम्बर किन सार्वजनिक गरे भन्ने बारेमा स्पष्टिकरण दिएका छन् । उनले ट्वीट गर्दै भने ‘त्यो केवल एक मजाक मात्रै थियो’ । उनले भने सेटमा हाँसो मजाक गर्ने क्रममा गरिएको एक ‘प्रयांक’ थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री