आइतबार, ६ जेठ २०८१

महासभामा तीन महिनाकी छोरीसँग पुगिन् न्यूजिल्याण्डकी प्रधानमन्त्री

समयपोष्ट २०७५ असोज ९ गते ५:५४

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्दर्न संसारको यस्तो पहिलो महिला नेता बनेकी छिन् जसले आफ्नो नवजात शिशुलाई कम्मरमा बाँधेर संयुक्त राष्ट्रको महासभाको बैठकमा सहभागी भइन् ।

Advertisement

आर्दर्न सोमबार बेलुका आफ्नी तीन महिनाकी छोरीसँग संयुक्त राष्ट्र पुगिन् र नेल्सन मण्डेला शान्ति वार्तामा आफ्नो भाषण दिनुअघि छोरीसँग खेलिरहिन् । जब उनी भाषण दिइरहेकी थिइन् तब आर्दर्नका पार्टनर क्लार्क गेफोर्डले छोरीलाई सम्हाले ।

आर्दर्नले जून २१ तारिखमा अकल्याण्डको एक सरकारी अस्पतालमा छोरीलाई जन्म दिइन् र ६ हप्ताको सुत्केरी बिदापछि अगस्टको सुरुवातमै काममा फर्किइन् ।

स्थानीय मिडियाले जसिन्दालाई छोरी र सरकार एकसाथ सम्हाल्नेबारे प्रश्न सोध्दा उनले हाँस्दै भनिन्, ‘यो निकै सुखद अनुभव हो ।’उनले न्यूजिल्याण्डबाट न्यूयोर्कको १७ घण्टाको फ्लाइटमा चढ्दा नै उनले यात्रीसँग छोरीका कारण केही समस्या निम्तिए त्यसका लागि माफी मागेको बताइन् ।

आर्दर्नले छोरी र प्रधानमन्त्री कार्यालयलाई सँगै सम्हाल्ने कुरामा उनले आफू यसमा खरो उत्रिएको बताउँदै यसका लागि निकै उत्साहित भएको जानकारी दिइन् ।आर्दर्नका पार्टनर क्लार्क गेफार्ड टेलिभिजन च्यानलमा काम गर्छन् र छोरीको हेरचाहका लागि न्यूयोर्क आएका छन् । जब उनी आफ्नो काममा व्यस्त हुन्छिन् तब गेफोर्डले नै छोरीलाई सम्हाल्छन् ।

Advertisement

आर्दर्नका अनुसार अहिले न्यूजिल्याण्डबाट न्यूयोर्क आउनका लागि गेफोर्डको खर्च उनले नै उठाउनु पर्यो किनभने उनीहरुको इन्गेजमेन्टको आधिकारिक घोषणा भएको छैन । गेफोर्डले यूएन महासभामा सुरक्षा जाँच पनि ट्वीट गरे, ‘पहिलो बच्चा ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री