आइतबार, ६ जेठ २०८१

महिला भर्जिन भए नभएको यसरी थाहा पाउनुहोस

समयपोष्ट २०७५ असोज ४ गते ८:५१

साधारणतय: योनिच्छेद नफाटेका केटीहरुलाई कुमारी अर्थात भर्जिन भनिन्छ । स्त्रीको योनीको मुखमा टासिएर रहेको नरम र पातलो जालो जस्तो हुन्छ । यो जालो नफाटेकोलाई भर्जिन रहेको र फाटेको पाइमा भर्जिन तोडिएको बुझिन्छ ।

Advertisement

जब केटीहरुको पहिलो यौन सम्पर्कका बेला योनिच्छेद तन्किने र च्यातिन्छ भन्ने गरिन्छ । तर, सेक्स नभएपनि विभिन्न कारणले योनिच्छेद् च्यातिन सकिने चिकित्सकहरु बताउँछन् । उनीहरुकाअनुसार व्यायाम गर्दा, साइकल चलाउँदा, रुख चढ्दा पनि योनिच्छेद च्यातिन्छ ।

कतिपय मानिसहरु भर्जिन केटीको पहिलो यौनसम्बन्धका बेला रक्तस्राव हुनुपर्ने मान्यता राख्छन् । र यो नभएपनि दम्पत्तिबीच नै फाटो आउने सम्भावना पनि देखिन्छ । तर, यो एउटा भ्रममात्रै हो ।

कैयौं अनुसन्धानले पहिलो यौन सम्पर्कको समयमा रक्तस्राव हुनु वा नहुनुसँग कुमारित्वको कुनै सम्बन्ध नभएको पुष्टी गरेका छन् । यद्यपी ४२ प्रतिशत महिलालाई भने पहिलो यौन सम्पर्कको समयमा रक्तस्राव हुन्छ भने बाँकीलाई नहुने चिकित्सकको दाबी छ ।

Advertisement

यसर्थ हालसम्म कुनै पनि केटी भर्जिन रहेको र नरहेको ठोकुवा गर्न सकिँदैन । स्वयम् केटीले आफू भर्जिन रहे नरहेको थाहा पाउन सक्छिन् भने अरुले पत्ता लगाउन कठिन छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री