शुक्रबार, १६ चैत २०८०

प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने भूपू प्रहरी प्रक्राउ

समयपोष्ट २०७५ भदौ ३१ गते १५:४०

प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा परेका छन् ।

Advertisement

दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

दोलखा भीमेश्वर नगरपालिका–२ चरिकोट घर भई काठमाडौँ पेप्सीखोला बस्दै आएका ५१ वर्षीय लामालाई काठमाडौँबाट दाङ प्रहरीसहित सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्त लामाले करीब ६०÷७० जनासँग जनही रु दुई लाख ५० हजारसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माका अनुसार सल्यान शारदा नगरपालिका–३ वडाखोलाका २० वर्षीय भीमसेन भण्डारीले प्रहरीमा उजुरी दिएपछि अभियुक्त लामाले गरेको गतिविधि खुल्न आएको छ ।

हतियारसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । यूसए लेखिएको अटोमेटिक पेस्तोलसहित घोराही–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख कृष्णहरि शर्माकाअनुसार अभियुक्त चौधरीलाई घोराही बजार क्षेत्रभित्र पर्ने बुद्धि ग्यारेजबाट पक्राउ गरेको हो । “विशेष सूचनाको आधारमा चौधरीलाई बजारभित्रै भेटी रीतपूर्वक शरीर खानतलासी गर्दा पाइन्टको बेल्टमा लुकाइछिपाइ राखेको अटोमेटिक पेस्तोल भेटिएको हो ।” प्रहरी प्रमुख शर्माले भन्नुभयो, “पेस्तोलसँगै एक थान म्याग्जिन र चार राउण्ड गोलीसमेत फेला पारेको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री