शुक्रबार, १६ चैत २०८०

धानखेतीमा १ करोड ४६ लाख ६ सय किलो युरिया आवश्यक, परिपूर्ति भएन

समयपोष्ट २०७५ भदौ ३० गते ६:००

बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् । वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन ।

Advertisement

किसानको आवश्यकताअनुसारको युरिया मल परिपूर्तिका लागि पहल भइरहेको र चाँडै उपलब्ध हुने कृषि विकास कार्यालयका प्राविधिक सहायक राजवंशी चौरसियाले जानकारी दिनुभयो ।

वर्षे धानको वाली निकै राम्रो र सुधारोन्मुख रहेको जिल्ला कृषि विकास एकाइ कार्यालय कलैयाले जनाएको छ ।
यस वर्ष कृषकले कूल ५२ हजार ६०० हेक्टर क्षेत्रफलमा वर्षे धान भदैया, अगहनी, खेती गरेका छन् । भदैया धान १२ हजार ६०० हेक्टर, अगहनी धान ४० हजार हेक्टरमा किसानले लगाएको जिल्ला कृषि विकास एकाइ कलैयाले जानकारी दिएको छ । गत वर्ष ५२ हजार १७२ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री