शनिबार, ८ वैशाख २०८१

तीन किशोरी १० दिनदेखि बेपत्ता

समयपोष्ट २०७५ भदौ ३० गते १:३७

नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन ।

Advertisement

हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् ।

आजको नागरिकमा यो समाचार छ -उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए ।

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवाले शुक्रबार बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री