बिहीबार, १३ वैशाख २०८१

अर्थमन्त्री खतिवडाले जापानी राजदुतसंग भने-पूर्व पश्चिम रेलमार्ग निर्माणमा सहयोग गर्नुहोस्

समयपोष्ट २०७५ भदौ २८ गते १५:४३

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न जापान सरकारसँग आग्रह गर्नुभएको छ ।

Advertisement

शिष्टाचार भेटवार्ताका लागि आज अर्थमन्त्रालय पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि अनुरोध गर्नुभएको हो ।

आर्थिक तथा सामाजिक विकासका लागि नेपालमा लामो समयदेखि सहयोग गर्दै आएको जापान सरकारबाट थप सहयोगको अपेक्षा गरेको भन्दै अर्थमन्त्री डा खतिवडाले आफूहरु आर्थिक विकास तथा समृद्धिको मार्गमा केन्द्रित रहेको बताउनुभयो ।

अर्थमन्त्रीले डा खतिवडाले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि जापानी आयात निर्यात बैंकबाट सहुलियत ऋण उपलब्ध गराइदिनसमेत राजदूतलाई आग्रह गर्नुभएको थियो ।

सो अवसरमा राजदूत साइगोले जापान सरकारको सहयोगमा निर्माण भएको सिन्धुली– बर्दिबास सडकको शीघ्र मर्मतका विषयमा अर्थमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

जापानी राजदूतले पछिल्लो समयमा नेपालमा लगानीका लागि जापानी व्यवसायी इच्छुक रहेको र आकर्षितसमेत भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री