बिहीबार, १३ वैशाख २०८१

बाँदर आतङ्कलाई रोकियोस् सरकार

समयपोष्ट २०७५ भदौ २५ गते ७:५७

अष्ट ज अभियान नेपालले बाँदर आतङ्कलाई राष्ट्रिय समस्याका रुपमा लिएर यसको समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा बाँदरका कारण देशका विभिन्न क्षेत्रमा किसान आतङ्कित बनेको र उनीहरु विस्तारै उत्पादनबाट विस्थापित हुन थालेको दुःखद स्थिति पैदा भएको जनाइएको छ ।“जल, जमीन, जङ्गल, जडीबुटी, जलवायु, जनशक्ति र जनावरको पहिचान, संरक्षण, सम्वद्र्धन, उत्पादन तथा व्यावसायिक प्रयोगको पक्षमा सक्रिय रहँदै आएको अभियानले यो समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिन सरकार समक्ष आग्रह गरेको छ”– विज्ञप्तिमा भनिएको छ ।

“देशका विभिन्न भागबाट प्राप्त यथार्थ सूचनाका आधारमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छाँैं,” विज्ञप्तिमा भनिएको छ, “उत्पादक तथा कृषकको बाली नष्टदेखि अराजक, आक्रमणसम्मका दृष्टान्तप्रति गम्भीर भई मानव (जनशक्ति) विस्थापन हुन नदिन तथा यसलाई राष्ट्रिय समस्याका रुपमा लिई समाधानको पहल गर्न सरकारसँग माग गर्दछौँ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री