शनिबार, ८ वैशाख २०८१

इन्स्पेक्टरले ३० हजार घुस मागेपछि..

समयपोष्ट २०७५ भदौ २५ गते ७:४५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३० हजार रुपैयाँ घुस लिँदैगर्दा एकजना इन्स्पेक्टरलाई पक्राउ गरेको छ । आयोगले आइतबार साँझ बर्दिया इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर गणेशसिंह महतालाई पक्राउ गरेको हो ।

Advertisement

कार्यालय प्रमुखसमेत रहेका महताले पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने भन्दै ३० हजार घुस मागेका थिए । स्थानीय मध्यस्थकर्ता मैयाँ पौडेलमार्फत् पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने शर्तमा प्रहरीले नै घुस मागेको भन्दै अख्तियारमा उजुरी परेपछि आयोगको कार्यालय नेपालगञ्जबाट गएको टोलीले इन्स्पेक्टर महतासहित मध्यस्थकर्ता पौडेललाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री