शुक्रबार, १४ वैशाख २०८१

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

समयपोष्ट २०७५ भदौ २५ गते ६:२६

सल्यानमा आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

Advertisement

मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसैगरी घाइते हुनेमा मृतकका श्रीमान ६५ वर्षीय बलबहादुर विक र चालक सोही ठाउँका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
घाइते दुवैको श्रीनगरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको शाहीले बताउनुभयो । बलबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पिकअप सडकबाट झण्डै २०० मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री