शुक्रबार, १४ वैशाख २०८१

जन्म दिनमा नेता भट्टराईद्वारा विद्यार्थीलाई सहयोग

समयपोष्ट २०७५ भदौ २१ गते १०:५५

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ ।

Advertisement

केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आउनुभएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा मावि कक्षा १ मा अध्ययनरत कमल विक र गङ्गा विकलाई आर्थिक सहायता प्रदान गर्नुभएको हो । पार्टीले विद्यालय भर्नामा जुट्न आह्वान गरेअनुसार आफैँले विद्यालय भर्ना गराएका ती दुई विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायतमा खर्च हुने गरी रु दश÷दश हजार प्रदान गरेको भट्टराईले बताउनुभयो । उनीहरुको आर्थिक अवस्थासमेत कमजोर भएका कारण नेता भट्टराईले आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

उक्त रकम पार्टीका ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्वय सन्तोष मादेन र मिङ्मा डण्डु लामामार्फत ती विद्यार्थीको अभिभावकसम्म पुग्ने गरी हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई २०२३ साल भदौ २१ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री