शुक्रबार, १४ वैशाख २०८१

नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किने

समयपोष्ट २०७५ भदौ २१ गते १०:२८

मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ ।

Advertisement

टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कने छन् ।

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रहयो । राउण्ड रोविन लिगमा पाँच खेल खेलेको नेपालले दुई खेलमा जीत तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री