शनिबार, ८ वैशाख २०८१

यसरी लुटिएको थियो तेरसाङ लामाको घर

समयपोष्ट २०७५ भदौ २१ गते ६:४०

ललितपुर प्रहरीले पेस्तोल देखाएर लुटपाटमा गर्ने पाँच जनालाई पक्राउ गरेको छ । काभ्रेको खानीखोलास्थित तेरसाङ लामाको घरमा पेस्तोल देखाइ लुटपाट गरेर भाग्ने खानीखोला गाउँपालिका ७ का २८ वर्षीय अनिल घिसिङ, रमेश थोकर, जगत बहादुर गोले, तथा पनौति नगरपालिका ८ का विकास बन्जारा र निशान गोलेलाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरुले बुधबार दिउँसो तीन बजे लामाको घरभित्र प्रवेश गरी पेस्तोल देखाएर नगद र जिन्सी सामान लुटी ललितपुरको ठूलादुर्लुङतर्फ भागेका थिए ।

उनीहरुको साथबाट प्रहरीले दुई वटा पल्सर मोटरसाइकल र मेड इन चाइना लेखिएको १ थान पेस्तोल, म्यागजिन एक थान र त्यसैमा प्रयोग हुने दुई राउण्ड गोली बरामद गरेको जनाएको छ ।

प्रहरीले पेस्तोल महांकाल गाउँपालिका ५ चन्दनपुर स्थित काफलडांडामा लुकाईराखेको अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री